एडीबीले बंगलादेशलाई १९ करोड डलर अनुदान दिने
बंगलादेश । एसियाली विकास बैंक (एडीबी)ले बंगलादेशको ग्रमीण सडक सञ्जाल परियोजनाका लागि १९ करोड अमेरिकी डलर अनुदान दिने भएको छ । एडीबीले बंगलादेशको ग्रामीण सडक सञ्जाल सुधारलाई थप विस्तार गर्न, ग्रामीण जीवनस्तर उकास्न र जलवायु तथा विपत् उत्थानशीलतामा लगानी गर्न यो रकम अनुदान स्वीकृत गरेको जनाएको छ ।
एडीबीको दक्षिण एसिया विभागको वातावरण, प्राकृतिक स्रोत तथा कृषि महाशाखाका प्रमुख ग्रामीण विकास विशेषज्ञ मासाहिरो निसिमुराले ग्रामीण सडक सञ्जाल परियोजनाका लागि बंगलादेशका लागि दिएको यो दोस्रो अतिरिक्त वित्तपोषण भएको बताए । मंगलबार जारी गरिएकोे विज्ञप्तिमा उनले भनेका छन्, ‘यो परियोजनाले ग्रामीण क्षेत्रमा यातायात दक्षता र विश्वसनीयता सुधार गर्न, कृषि उत्पादकत्व बढाउन र देशको दिगो आर्थिक वृद्धिमा मद्दत गर्न रोजगारी सिर्जना गर्न मद्दत गरिरहेको छ ।’
बंगलादेशमा सन् २०१८मा स्वीकृत भएको यो परियोजनाले एक हजार सात सय किलोमिटर ग्रामीण सडकको स्तरोन्नति गर्ने, ग्रामीण पूर्वाधार निकाय र सडक प्रयोगकर्ताको क्षमता अभिवृद्धि गर्ने र ग्रामीण सडक गुरुयोजनामा सुधार गर्ने लक्ष्य राखेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया