विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक थाइल्यान्डमा
थाइल्यान्ड । बंगालको खाडीका देशहरू सम्मिलित विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक थाइल्यान्डको राजधानी बैंककमा सुरु भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) एक आर्थिक र प्राविधिक पहल हो । जसले बहुआयामिक सहयोगका लागि बंगालको खाडीका देशहरूलाई एकसाथ ल्याउने काम गर्छ । बिमस्टेक क्षेत्रीय बहुपक्षीय संगठन हो ।
सोमबारदेखि सुरु भएको बैठकमा बिमस्टेकको एजेन्डालाई बलियो बनाउने र संगठनलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ ।
बिमस्टेकका सदस्यहरू बंगालको खाडीको तटीय र आसपासका क्षेत्रहरूमा अवस्थित छन् । बिमस्टेकले दक्षिण र दक्षिणपूर्व एसियासहित ग्रेट हिमालय र बंगालको खाडीलाई जोड्छ । बिमस्टेकको लक्ष्य सामाजिक प्रगतिलाई गति दिनु र यस क्षेत्रमा साझा चासोका विषयहरूमा सहयोगलाई बढावा दिनु रहेको छ । विदेशमन्त्रीहरूको सम्मेलनमा क्षेत्रीय सहयोगका क्षेत्रमा अहिलेसम्म भएका प्रगति र संस्थागत ढाँचाबारे छलफल र समीक्षा हुने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया