बंगलादेशी उद्योगी भन्छन् : अब कलकारखाना खोल्नुपर्छ
ढाका, वैशाख १५
बंगलादेशी उद्योगीहरुले देशका कलकारखाना अब विस्तारै खुलाउनुपर्ने बताएका छन् । द डेलीस्टार अनलाइनका अनुसार देशको अर्थतन्त्रकै लागि पनि चरणबद्ध रुपमा निर्यातसँग सम्बन्धित वस्तु उत्पादक कलकारखाना खोल्न थाल्नुपर्ने उनीहरुले बताएका हुन् । यसका लागि उनीहरुले सरकारलाई आवश्यक निर्णय लिन सुझाएका छन् । फेडेरेसन अफ बंगलादेश चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री (एफबीसीसीआई)ले विज्ञप्ति नै निकालेर यस्तो आग्रह गरेको हो ।
ढाकामा आयोजित छलफलपछि गार्मेन्ट उत्पादनकर्ता तथा निर्यात एसोसिएसनले उक्त धारणा राखेका थिए । लाखौँ श्रमिकहरु प्रभावित भएकाले आवश्यक सुरक्षा विधि अपनाएर ती कलकारखाना खोल्न सकिनेछ । हालसम्म ८ सय ६५ कलकारखानाले खोल्ने इच्छा जाहेर गरेका छन् । हालसम्म ३ अर्ब डलरका सामानको माग रद्द भइसकेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया