टिकटकप्रति अमेरिकी प्रहार : राष्ट्रिय सुरक्षामा जोखिम
अमेरिका । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।
टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिस्ट पार्टीसम्म पु¥याउने गरेको संघीय जाँच ब्युरो (एफबीआई)ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन् ।
एफबीआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानुन बनायो । राष्ट्रपति जो बाइडेनले पनि उक्त कानुनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गरेको द हिलमा जनाइएको छ । जियानली याङ, पीएचडी, चीनमा सिटिजन पावर इनिसिएटिभ्सका संस्थापक र अध्यक्ष हुन् र ‘हाम्रो लागि, द लिभिङः ए जर्नी टु शाइन द लाइट अन ट्रुथ’ र ‘इट्स टाइम फर ए भ्यालुज बेस्ड इकोनोमिक नेटोका’ लेखक हुन् ।
नीति–नियमका विश्लेषकहरूले हानिकारक सोसल मिडिया कम्पनीहरूको डेटा संकलनसँग लड्न आफ्ना प्रयास दोब्बर गर्नुपर्नेमा जोड दिँदै टिकटक मात्र व्यक्तिगत विवरण संकलन गर्ने पहिलो कम्पनी नभएको बताएका छन् । वि च्याटजस्ता धेरै अन्य एप कम्पनीको चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहेकाले त्यस्ता विषयलाई सांसदहरूले गम्भीर भएर हेर्नुपर्ने सुझाव लिइएको छ ।
चिनियाँ स्वामित्वमा रहेका सामाजिक सञ्जाल एपहरू मात्र नभई आधुनिक कारहरू पनि व्यक्तिगत विवरण संकलनका माध्यम बनेका, तिनमा जडान गरिएका क्यामेरा र कम्प्युटरले चालकको यात्रास्थल, उसले पसलमा गर्ने किनमेल, सुन्ने गीतसङ्गीतदेखि उसले कति छिटो सवारी चलाउँछ भन्नेसम्मका सूचना संकलन गर्ने द हिलमा जियानलीले लेखेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया