चिनियाँ विदेश मन्त्री गाङ बर्खास्त
चीन । चिनियाँ विदेश मन्त्री चिन गाङ पदबाट बर्खास्त भएका छन् । उनी गतवर्षको डिसेम्बरमा विदेश मन्त्री नियुक्त भएका थिए । चीन सरकारले गाङलाई मंगलबार पदबाट बर्खास्त गरेको हो । गाङ एक महिनायता सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । गाङले एक महिनाअघि जुन २५मा श्रीलंका र रुसका विदेश मन्त्रीलाई भेटेका थिए । त्यसयता सार्वजनिक रुपमा देखिएका थिएन् ।
गाङको बर्खास्तीको कारणबारे केही खुलासा भएको छैन । राष्ट्रपति सी चिनफिङका निकट मानिने गाङ बर्खास्तीमा परेपछि घरेलु राजनीतिमा विभिन्न अड्कलबाजी भइरहेका छन् ।
गाङको बर्खास्तीपछि विदेश मन्त्रीको जिम्मेवारी कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्नेछन् । वाङ यी दोस्रो पटक यो जिम्मेवारीमा पुगेका छन् । वाङ यी यसअघि सन् २०१३ देखि २०२२ को अन्तिमसम्म विदेश मन्त्री थिए । वाङ यी गत डिसेम्बरमा विदेशमन्त्रीबाट हटेपछि गाङ विदेशमन्त्री बनेका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया