Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा विरोध प्रदर्शनअघि पाँच सय जना पक्राउ परेको विपक्षीको दाबी

बंगलादेशमा विरोध प्रदर्शनअघि पाँच सय जना पक्राउ परेको विपक्षीको दाबी


ढाका (रासस/सिन्ह्वा) : बंगलादेशको राजधानी ढाकामा सरकारविरोधी प्रदर्शन हुनुभन्दा एक दिनअघि प्रहरीले सयौँ समर्थकलाई पक्राउ गरेको बंगलादेशको प्रमुख प्रतिपक्षी दलले बिहीबार जनाएको छ ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का प्रवक्ता जहिर उद्दिन स्वपनले एएफपीसँग भने, ‘प्रहरीले बुधबारदेखि हाम्रा कम्तीमा पाँच सय ३८ जनालाई पक्राउ गरेको छ ।’

ढाका नगर प्रहरीका प्रवक्ता फारुक अहमदले अधिकारीहरूले बुधबारदेखि अहिलेसम्म तीन सय ६६ जनालाई हिरासतमा लिएको तर उनीहरूको राजनीतिक पृष्ठभूमिबारे कुनै टिप्पणी नगरेको बताए । ढाका प्रहरीका डेपुटी कमिस्नर हयातुल इस्लाम खानले राजधानीको एक होटलमा बीएनपीका केही समर्थकलाई पक्राउ गरिएको बताए ।

स्थानीय दैनिक प्रोथोम आलोले प्रहरी स्रोतलाई उद्धृत गर्दै बीएनपीका तीन सय ६६ समर्थकसहित चार सय ११ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र जनवरीमा हुने निर्वाचन तटस्थ कामचलाउ सरकारको नेतृत्वमा हुनुपर्ने माग गर्दै बीएनपी र दर्जनौँ साना सहयोगीले बंगलादेशभर विरोध प्रदर्शनको आह्वान गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया