ईसीबीद्वारा पुनः ब्याजदर वृद्धि
जर्मनी (रासस/एएफपी) : युरोपेली केन्द्रीय बैंकले बिहीबार आफ्नो ब्याजदरलाई सन् २००१को सुरुदेखिको विन्दुमा पु¥याएको छ । फ्र्याफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाइ प्रतिशत विन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याजदर ३.७५ प्रतिशत कायम गरेको छ । यो सन् २००१को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम विन्दुबराबर पुगेको हो ।
मुद्रास्फितिसँग जुध्न बैंकको एक वर्ष लामो ब्याजदर वृद्धिको चक्रमा ऋणको लागत अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढेको छ । युक्रेनमा रूसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४.२५ प्रतिशत विन्दुले बढेको छ ।
ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले एक पत्रकार सम्मेलनमा भने, ‘गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च विन्दुबाट तल झरेको छ, मूल्य मापन अझै पनि धेरै लामो समयसम्म धेरै उच्च रहने अपेक्षा गरिएको छ ।’
युरोजोनमा उपभोक्ता मूल्य जुनमा ५.५ प्रतिशतले बढेको छ तर ईसीबीको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ । तर लेगार्डले भने, ‘ईसीबीले भविष्यको दर निर्णयको सन्दर्भमा ‘खुला सोच’ राख्नेछ ।’ विश्लेषकहरूले सेप्टेम्बरमा केन्द्रीय बैंकको अर्को बैठकमा सम्भावित विरामका लागि ढोका खोलेको बताएका छन् भने यो लेगार्डको विगतको उग्र स्वरमा एउटा उल्लेखनीय विचलन हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया