Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा २२ वर्षयताकै उच्च ब्याजदर

अमेरिकामा २२ वर्षयताकै उच्च ब्याजदर


अमेरिका । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर फेरि बढाएको छ । फेडरल रिजर्भले ब्याजदर शून्य दशमलव २५ प्रतिशतले बढाएर पाँच दशमलव ५० प्रतिशत पु-याएको छ । यो ब्याजदर २२ वर्षयताकै उच्च हो ।

फेडरल रिजर्भले सन् २०२२ मार्चयता ११औँ पटक ब्याजदर बढाएको छ । गत महिना ब्याजदर बढाएको थिएन । मूल्यवृद्धिले अर्थतन्त्रमा पारेको असरलाई मध्यनजर गर्दै ब्याजदर वृद्धि गरिएकोे फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले बताएका छन् ।

पावेलले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर नै प्रभावकारी औजार रहेकाले बढाइएको पुष्टि गरेका छन् । अमेरिकामा जुन महिनामा मुद्रास्फीति दर तीन प्रतिशतमा झरेको छ । फेडरल रिजर्भले मुद्रास्फीति दुई प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । यही लक्ष्य पूरा गर्नका लागि बाटो तय गर्न ब्याजदर बढाइएको पावेलको तर्क छ । ब्याजदर बढ्दा मागपक्ष कमजोर हुन्छ र मूल्यवृद्धि घटेर जाने भएकाले फेडरल रिजर्भले ब्याजदर बढाउँदै आएको छ । पावेलले यो ब्याजदरको प्रभाव हेरेर सेप्टेम्बरमा स्थिर राख्न सकिने उल्लेख गरेका छन् ।

फेडरल रिजर्भले ब्याजदरसम्बन्धी निर्णय गर्दा विश्वभरको अर्थतन्त्रमा असर पुग्छ । खासगरी फेडले ब्याजदर बढायो भने डलरको मूल्य बढ्छ । यसको असर कमजोर अर्थतन्त्र भएका मुलुकमा बढी पर्छ । नेपालजस्तो मुलुकका लागि डलरको भाउ बढ्नेबित्तिकै ऋण भुक्तानीको लागत पनि बढेर जान्छ । अर्कोतर्फ आयात पनि महँगिन्छ । यसले अर्थतन्त्रको बाह्य क्षेत्रमाथि नै असर पार्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया