Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारईयूले नाइजर विद्रोहलाई मान्यता नदिने सुरक्षा सहयोग रोक्ने

ईयूले नाइजर विद्रोहलाई मान्यता नदिने सुरक्षा सहयोग रोक्ने


जर्मनी । यूरोपेली संघ (ईयू)ले सत्ता कब्जा गर्ने नाइजरका विद्रोहीलाई मान्यता नदिने र सुरक्षा सहयोग स्थगन गर्ने घोषणा गरेको हो । ईयूले शनिबार जिहादी प्रभावित देश नाइजरका विद्रोहीलाई मान्यता नदिने र सुरक्षासम्बन्धी सहयोग नगर्ने घोषणा गरेको हो ।

सन् २०११ देखि नाइजरको राष्ट्रपति रहेका जनरल अब्दुरामाने चियानीले शुक्रबार राष्ट्रिय टेलिभिजनमा आफूलाई समस्याग्रस्त पश्चिम अफ्रिकी देशको प्रमुख घोषणा गरेका थिए । अफ्रिकाको साहेल क्षेत्रमा भएको पछिल्लो ‘कू’मा राष्ट्रपतिको सुरक्षा गार्डले लोकतान्त्रिक विधिबाट निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिएको थियो र उनलाई बुधबार राजधानी नियामीस्थित सरकारी सरकारी निवासमा थुनिएको थियो ।

छिमेकी मुलुक माली र बुर्किना फासोले पनि सन् २०२० देखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूको लामो समयदेखि चलेको विद्रोहविरुद्ध लडिरहेका बेला दुई पटक सैन्य ‘कू’ गरेका छन् ।

‘ईयूले नाइजरका अधिकारीहरूलाई मान्यता दिँदैन’, युरोपेली संघका प्रमुख कूटनीतिज्ञ जोसेप बोरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले भने, ‘सुरक्षा क्षेत्रमा हुने सबै सहयोग तत्काल प्रभावकारी हुनेगरी अनिश्चितकालका लागि स्थगन गरिएको छ ।’

नाइजरका वैध राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न र उनीय र उनको परिवारको सुरक्षाका लागि ‘कू’मा सहभागी सैनिक नेताहरूलाई जिम्मेवार ठह¥याउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ । बोरेलले पश्चिम अफ्रिकाको क्षेत्रीय ब्लकले लिने भावी निर्णयलाई समर्थन गर्न ईयू तयार रहेको बताएका छन् ।

नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक समुदायका नेताहरूले आइतबार अबुजामा बैठक गर्ने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया