अमेरिकाले ताइवानलाई सैन्य सहायता दिने
अमेरिका । संयुक्त राज्य अमेरिकाले विवादित ताइवानका लागि सैन्य सहायता दिने घोषणा गरेको छ । अमेरिकाले ताइवानका लागि ३४ करोड ५० लाख डलरबराबरको सैन्य सहायता घोषणा गरेको हो । चीनले आफ्नो स्वसासित टापुप्रति चासो बढाइरहेका बेला अमेरिकाले यति ठूलो सैन्य सहयोगको प्याकेजको घोषणा गरेको हो ।
ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा ताइवानलाई सैन्य शिक्षा र सहायाता गर्ने उल्लेख भए पनि हतियार वा उपकरण के दिने भन्नेबारेमा खुलाएको छैन । यद्यपि साना हतियारसहित अत्याधुनिक उपकरण सहयोग गर्न लागेको अनुमान सुरक्षा विज्ञहरूले गरेका छन् ।
अमेरिकाले सैन्य सहयोग गर्ने घोषणा गरेपछि चीनले ताइवानमा हतियार बेच्ने क्रम रोक्न चेतावनी दिएको छ । चीनले आवश्यक परे बल प्रयोग गरेर भए पनि ताइवानको पुनः एकीकरणमा लाग्ने चेतावनी दिएको छ । चीनले ताइवानमा उत्पन्न हुनसक्ने परिणामबारे अमेरिका जिम्मेवार हुने बताएको छ ।
अमेरिकाले ताइवानमा सन् २०२६सम्म ६६ वटा युद्धपोत विमान र आठ अर्ब अमेरिकी डलरभन्दा बढीको सहयोग गर्ने जनाइसकेको छ । यही कारण चीन र अमेरिकाबीच शीतयुद्ध चर्कने सम्भावना बढेको अनुमान गरिएको छ । ताइवानमा अमेरिकी झुकाव बढ्दै गएपछि यस वर्षको सुरुदेखि नै चीनले ताइवान आसपासमा ठूलो सैन्य अभ्यास गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया