Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले नवप्रवर्तनलाई वित्तीय सहयोग बढाउने

चीनले नवप्रवर्तनलाई वित्तीय सहयोग बढाउने


चीन । चीनले नवप्रवर्तनलाई बढ्वा दिन टेक्नोलोजी कम्पनीहरुका लागि वित्तीय सेवाहरु बढाउने भएको छ । चिनियाँ अधिकारीहरुका अनुसार चीनले वित्तीय क्षेत्रको आपूर्ति पक्षको संरचनात्मक सुधार गर्ने, प्रविधिमा आधारित उद्यमहरुमा वित्तीय सहयोग उपलब्ध गराउन उपयुक्त वित्तीय सेवा प्रणालीको विकास गर्ने जनाएका छन् । चीनको पिपुल्स बैंकका डेपुटी गभर्नर झाङ छिङ्सङले नवप्रवर्तनलाई बढवा दिन बैंकिङ क्षेत्रले लामो समयदेखि अध्ययन गरिरहेको बताए ।

चीनको विज्ञान प्रविधि मन्त्रालयले सम्बन्धित विभागहरु र बैंकहरुसँगको सहकार्यमा प्रविधि उद्यमको मूल्यांकन गर्न क्रेडिट मूल्यांकन प्रणाली पनि स्थापना गरिसकेको छ । चिनियाँ अधिकारीहरुले वास्तविक अर्थतन्त्र र नवप्रवर्तनसँग सम्बन्धित क्षेत्रमा थप वित्तीय स्रोतहरु लगानी गर्न सुनिश्चित गर्न सान्दर्भिक नीतिहरुलाई थप सुधार गर्ने वाचा गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया