Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ अर्थतन्त्र दशकयताकै खराब स्थितिमा

चिनियाँ अर्थतन्त्र दशकयताकै खराब स्थितिमा


वेइजिड., वैशाख १८
कोरोना भाइरसले आक्रान्त चीनको अर्थतन्त्र दशकयताकै खराब स्थितिबाट गुज्रिएको छ । भाइरसको उद्गम वुहानबाट भएसँग आर्थिक क्रियाकलाप ठप्पा हुँदा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिन पुगेको शुक्रबार सार्वजनिक तथ्यांकले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा लिइने चिनियाँ अर्थतन्त्रको त्रैमासिक तथ्यांक रेकर्ड राख्न सन् १९९२ पछि सुरु भएको थियो । गत वर्ष पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.४ प्रतिशत वृद्धिदरको स्थितिमा थियो ।

सोही बखत चीन अमेरिकासँग व्यापार युद्धको सामना समेत गरिरहेको थियो । बितेका दुई दशकमा चीन औसत ९ प्रतिशत वृद्धिदरको हाराहारीमा थियो । तर विश्लेषकहरुले भने चिनियाँ वृद्धिदरको तथ्यांकमा शंका गर्दै आएका थिए । तर जनवरीको अन्त्यतिर चीनले लामो लकडाउन र क्वारेन्टाइन घोषणा गरेको थियो । जुन अर्थतन्त्रको लागि पूर्णविरामजस्तै हुनपुग्यो । परिणामतः आधिकारिक तथ्यांक पनि खराब आउन थाले ।

मार्च महिनामा चीनले १.१ प्रतिशत कारखानाजन्य उत्पादन वृद्धिदर भएको तथ्यांक निकालेको थियो । तर गत महिना खुद्रा बिक्रीदर भने १५.८ प्रतिशतले ओरालो लागेको छ । जतिबेला मानिसहरु घरभित्रै बस्ने बाध्यता भयो । मार्चमा चीनको बेरोजगारी दर ५.९ प्रतिशतले बढे पनि फेब्रुअरीको ६.२ प्रतिशतको तुलनामा राम्रै मानिएको छ । यसबीचमा चीनले वित्तीय सुधारका लागि थुप्रै सकारात्मक कदम भने चालेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x