Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी वाणिज्य सचिव व्यापारिक सम्बन्ध सुधार्न चीन भ्रमणमा

अमेरिकी वाणिज्य सचिव व्यापारिक सम्बन्ध सुधार्न चीन भ्रमणमा


चीन । अमेरिकी वाणिज्य सचिव जीना रायमन्डो विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक सम्बन्ध सुधार्ने उद्देश्यले चीन भ्रमणका लागि आइतबार बेइजिङ पुगेकी छिन् । रायमन्डोले चीन प्रस्थान गर्नुअघि आफू व्यावहारिक भएर वार्ता गर्ने बताएकी थिइन् ।

अमेरिकाले विश्वको चिप बजारमा चीनको पहुँच रोक्ने कदमहरु चालेपछि अमेरिका–चीनबीचको सम्बन्ध तनावपूर्ण छ । बेइजिङले प्रख्यात चिप कम्पनी माइक्रोन टेक्नोलोजीबाट ढुवानीमा प्रतिबन्ध लगाइरहेको छ । अमेरिकी कम्पनी मिन्ट्ज समूहलाई स्वीकृत नभएको कार्य गरेपछि एक दशमलव पाँच मिलियन जरिबाना गरेको थियो ।

रायमन्डोलाई चीनका वाणिज्य मन्त्रालयका अधिकारी लिन फेङले स्वागत गरेका छन् । रायमन्डोले सोमबार र मंगलबार बेइजिङमा चिनियाँ अधिकारीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । त्यसपछि सांघाही जानेछिन् । रायमन्डोले बिहीबार राष्ट्रपति जो बाइडेनसँग आफ्नो भ्रमणको बारेमा कुरा गरेकी थिइन् । सोही कारण उनको चीन भ्रमणले चीनसँगको तनाव कम गर्नसक्ने रुपमा हेरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया