उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
एजेन्सी । उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन् । उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सहयोगी राष्ट्रहरूले अगस्ट २१ मा वार्षिक उल्ची फ्रिडम शिल्ड (यूएफएस) अभ्यास सुरु गरेका थिए र यो बिहीबार समाप्त हुनेछ ।
प्योङयाङले लामो समयदेखि मित्रराष्ट्रको सैन्य अभ्यास आफूविरुद्ध आक्रमणको पूर्वाभ्यास भएको आरोप लगाउँदै आएको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पनि युएफएसको एक भागको रूपमा कोरियाली प्रायद्वीपमाथि कम्तिमा एक अमेरिकी बी–१ बी रणनीतिक बमवर्षकसहित संयुक्त हवाई अभ्यासको आयोजना गरेका थिए ।
उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले सार्वजनिक गरेको एक तस्वीरमा उत्तर कोरियाले जुलाई १२, २०२३ मा ह्वासोङ–१८ सोलिड फ्युल अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया