ट्विटरमा अडियो र भिडियो कल गर्न मिल्ने
अमेरिका । सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (ट्विटर)का प्रयोगकर्ताहरूले अब अडियो र भिडियो कल गर्न पाउने भएका छन् । एक्सका मालिक एलोन मस्कले आफ्नो फोन नम्बरविनै एक्समार्फत अडियो र भिडियो कल गर्न मिल्ने फिचर थप गर्न लागेको जानकारी गराएका छन् ।
मस्कले यस एपलाई ‘सुपर एप’मा रूपान्तरण गर्ने आफ्नो भिजन रहेको बताउँदै आएका छन् । सोहीअनुरूप अडियो र भिडियो कल गर्ने फिचर छिट्टै थप्न लागेको बताएका हुन् । मस्कका अनुसार अडियो र भिडियो कल सुविधा आईओएस, एन्ड्रोइड, म्याक र पीसी उपकरणहरूमा उपलब्ध हुनेछ । मस्कले प्रयोगकर्ताहरूले फोन नम्बरविनै अडियो र भिडियो कल गर्न पाउने फिचरले सञ्चारमा क्रान्तिकारी परिवर्तन गर्ने दाबी गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया