अमेरिकाको व्यापारघाटा बढ्यो
एजेन्सी । जुलाईमा अमेरिकी व्यापारघाटा बढेको छ । अमेरिकी वाणिज्य विभागका अनुसार जुलाईमा व्यापारघाटा बढेर ६५ अर्ब डलर पुगेको छ । जुनमा अमेरिकाको व्यापारघाटा ६३ अर्ब ७० करोड डलर थियो । आयात बढेका कारण व्यापारघाटा बढेको वाणिज्य विभागले जनाएको छ ।
विश्लेषकको अनुमानअनुसार यो व्यापारघाटा दोस्रो त्रैमासिकको औसतभन्दा कम छ । पछिल्लो तथ्यांकअनुसार आयात एक दशमलव ७० प्रतिशतले बढेर तीन खर्ब १६ अर्ब ७० करोड डलर पुगेको छ भने निर्यात एक दशमलव ६० प्रतिशतले बढेर दुई खर्ब ५१ अर्ब ७० करोड डलर पुगेको छ ।
विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबार सार्वजनिक प्रतिवेदनले देखाएको छ । अमेरिकी अर्थतन्त्रमा सुस्तताको संकेत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको छ ।
तर मुद्रास्फिति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरङ्ग आउन सक्ने देखिएको छ । जुलाईमा सामानको निर्यातमा सवारीसाधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ । अमेरिकाको चीनसँगको व्यापारघाटा जुलाईमा एक दशमलव दुई डलर बढेर २४ अर्ब डलर पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया