टेस्लाले शांघाईमा प्रतिहप्ता ४ हजार ‘मोडल ३’ कार उत्पादन गर्ने
शांघाई, वैशाख २२
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले चीनमा रहेको कारखानाबाट यो वर्षको मध्यतिरदेखि प्रतिहप्ता ४ हजारवटा मोडल ३ कारहरु उत्पादन गर्ने भएको छ । शांघाईस्थित विशाल कारखानाबाट उक्त परिमाणमा कार उत्पादन गर्ने टेस्लाले बिहीबार जनाएको हो । गत वर्ष अन्त्यसम्म टेस्लाले प्रतिदिन २ सय ८० वटा कार उत्पादन गरिरहेको थियो । शांघाईमा टेस्लाले स्ट्यान्डर्ड रेन्ज प्लस भर्सनका मोडल ३ कारमात्रै पहिलो त्रैमासिकमा उत्पादन गरिरहेको छ । दोस्रो त्रैमासिकमा पनि कम्पनीले मोडल ३ कारहरु उत्पादनलाई निरन्तरता दिने जनाएको छ । सोही फ्याक्ट्रीमा मोडल वाई एसयूभीहरु प्नि उत्पादन गरिरहेको टेस्लाको भनाइ छ । यो मोडलका कारहरु सन् २०२१ मा डेलिभर गर्ने कम्पनीको लक्ष्य छ । टेस्लाले मोडल ३ कारहरुको मूल्य समेत घटाएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया