युरोपमा लकडाउन खुकुलो बनाउन पहल सुरु
म्याड्रिड, वैशाख २२
कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी नागरिकहरु पहिलोपल्ट जगिङ गर्न, साइकल कुदाउन र रोलरस्केटमा हुँइकिन सडकमा देखिएका छन् ।
विश्वभर कोरोनाभाइरसबाट २ लाख ४२ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यहीबीच युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । कोरोनाभाइरसको संक्रमण रोक्न विश्वको आधाभन्दा बढी जनसंख्यालाई लकडाउनमा राखिएको छ भने विश्व अर्थतन्त्रमा व्यापक मन्दी छाएको छ ।
संक्रमणको फैलावट नियन्त्रणमा आएको संकेत देखिएसँगै युरोप र संयुक्तराज्य अमेरिकामा केही सातादेखि बन्द रहेका उद्योग व्यवसाय खोल्न थालिएको छ । लकडाउनमा बन्धकझैं जीवन बिताउनु परेका मानिसले जनजीवन खुकुलो बनाउन दिनहुँ दबाब दिएपछि सरकारहरुले पनि वैकल्पिक सोच अघि सारेका छन् । विश्वमै कोरोनाभाइरसका कारण ठूलो संख्यामा नागरिक गुमाएको इटालीमा दुई महिनाको लकडाउनपछि सोमबार मानिसहरूलाई पार्कमा घुम्न र आफन्तहरूलाई भेट्न अनुमति दिइने छ । रेस्टुरेन्टबाट खानेकुरा किनेर लैजान पाइने छ भने ठूला होलसेल स्टोरहरूले व्यवसाय पुनः सुरु गर्न सक्नेछन् ।
हंगेरीमा केही स्टोरहरू र संग्रहालयहरू, रेस्टुरेन्ट र होटलहरूको बाहिरी ठाउँ, समुद्र तट र नुहाउने ठाउँ सोमबारदेखि पुनः खोल्न पाइने छ । तर राजधानी बुडापेस्टमा प्रतिबन्धहरु यथावत रहनेछ किनभने यहाँ देशभित्र कोरोना संक्रमितको कूल संख्याको झण्डै ७० प्रतिशत घटनाहरू रेकर्ड गरिएको छ । जर्मनीमा पनि यस साताको शुरुदेखि नै लकडाउनलाई अझ खुकुलो पारिँदै छ । केही क्षेत्रका स्कूलहरू फेरि खोल्ने अपेक्षा गरिएको छ भने स्लोभेनिया र पोल्याण्डमा केही व्यवसाय र सार्वजनिक ठाउँहरूमा मानिसलाई जमघट हुन दिइनेछ ।
फ्रान्सले आगामी मे ११ पछि आंशिक रूपमा आप्mनो लकडाउन खुकुलो बनाउने जनाएको छ । स्वास्थ्य विशेषज्ञहरूले सामान्य लापरवाहीले पनि यो रोग पुनः फैलिने खतरा औंल्याएसँगै युरोपेली सरकारहरुले सामाजिक दूरीलाई कडाईका साथ पालना गर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने तथा बढीभन्दा बढी परीक्षण गर्नेमा जोड दिएका छन् ।
इटालीका आपतकालीन सेवाका कर्मचारी डोमेनिको आर्कुरीले भने, ‘हामीले सामाजिक दूरी कायम गर्नुपर्छ, स्वच्छताको स्तर कायम गर्नुपर्छ, र मास्कको प्रयोग बढाउनु पर्छ ।’ चिन्ताका बाबजुद शनिबार स्पेनमा लकडाउन खुकुलो पारिएसँगै मानिसहरुमा खुशी छाएको थियो । सात हप्तादेखि सरकारले लगाएको कडा प्रतिबन्धका कारण घरभित्रै बस्न बाध्य नागरिकहरु व्यायाम गर्न र स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउँदा खुशीले रमाएका थिए । कोरोनाभाइरसकै कारण स्पेनमा २५ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो ।
उता, संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसका कारण लकडाउनमा बस्न विवश नागरिकहरुले नेताहरुमाथि जनजीवनलाई सहज तुल्याउन दबाब दिइरहेका छन् । अमेरिकामा उद्योग व्यवसाय बन्द हुँदा करोडौं मानिस बेरोजगार भएका छन् भने लकडाउनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । हतियारसहितका केही प्रदर्शनकारीको भीडले न्यु ह्याम्पशायर र केन्टकीमा लकडाउन विरुद्ध चर्काे विरोध प्रदर्शन गरेको छ जबकि क्यालिफोर्नियाको हन्टिङ्टनको समुद्री बीचमा केही सर्फरहरूले स्थानीय सुरक्षाकर्मीको आदेशको समेत बेवास्ता गरेका थिए ।
‘सर्फिङ यहाँको अत्यावश्यक व्यवसाय हो’, २५ वर्षे टोडले एएफपीलाई भने । संयुक्तराज्य अमेरिकामा विश्वमा सबैभन्दा बढी कोरोनाभाइरसका कारण मानिसको मृत्यु भएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक पीडा कम गर्न निकै उत्सुक देखिएका छन् । अमेरिकाका कतिपय क्षेत्रमा महामारीको असर कम हुँदै गएको देखिएको छ । न्यूयोर्क्स्थित सेन्ट्रल पार्कमा निर्माण गरिएको आपतकालीन फिल्ड (अस्थायी) अस्पताल बन्द गर्न लागिएको छ । अमेरिकाका जेलमा संक्रमणको ठूलो लहर देखा परेको अधिकारीहरुले बताएका छन् । अमेरिकी कारागारमा हाल २३ लाख कैदीबन्दी छन् । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया