दिल्लीमा विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन मुख्यमन्त्रीको आग्रह
नयाँ दिल्ली, वैशाख २२
दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गरेका छन् । ‘कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्तिम संस्कारका लागि २० व्यक्तिभन्दा बढी सहभागी हुन निषेध गरिएको छ’, मुख्यमन्त्री केजरीवालले भिडियो सम्मेलनमार्फत भने ।
उनले भने, ‘संक्रमण रोक्न केन्द्र सरकारले मार्च २४ मा गरेकोे बन्दाबन्दीको निर्णय निकै महत्वपूर्ण थियो । यदि हामीले लकडाउनको पालना गर्दैनथ्यौँ भने भारतभर महामारीले डरलाग्दो रूप लिन्थ्यो ।’ उनले थपे, ‘त्यसवेला राष्ट्र कोभिड–१९ को सामना गर्न तयारी अवस्थामा थिएन । हामीलाई सामाजिक दूरी राख्ने र संक्रमण नियन्त्रण गर्ने उपायबारे अनभिज्ञ थियौँ । हामीसँग व्यक्तिगत सुरक्षा सामग्री वा परीक्षण सामग्री पनि थिएनन् ।’ अर्थतन्त्रमा समस्या आए पनि संक्रमणलाई नियन्त्रणमा राख्नका लागि भारतका लागि बन्दाबन्दी उत्तम उपाय देखिएको छ । उनले भने, ‘देशको राजस्व संकलन तीन हजार पाँचसय करोडबाट ३०० करोडमा झरेको छ । सरकारले कसरी काम गर्ला चिन्ताको विषय छ ।’
उनले सार्वजनिक स्थलहरूमा थुक्ने व्यक्तिविरूद्ध पनि सरकारले कडा कारबाही गर्ने बताए । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार दिल्लीमा चार हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने एक हजार २५६ जना निको भएका वा दिल्लीबाट अन्यत्र गएका छन् । दिल्लीमा आइतबारसम्ममा ६४ संक्रमितको मृत्यु भएको छ । त्यस्तै भारतभर आइतबारमात्र थप ५६४ जनामा संक्रमण पुष्टि भएको छ भने कूल ४० हजार २६३ जना संक्रमित छन् । संक्रमितमध्ये एक हजार ३२३ जनाको मृत्यु भइसकेको छ भने १० हजार ८८६ जना निको भई घर फर्किएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया