Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआर्थिक मुद्दासँग सुरक्षा मामिला नजोड्न चीनको आग्रह

आर्थिक मुद्दासँग सुरक्षा मामिला नजोड्न चीनको आग्रह


एजेन्सी । चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग नजोड्न आह्वान गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित जी २० शिखर सम्मेलनमा चीनका प्रधानमन्त्री ली छ्याङले आर्थिक मुद्दासँग सुरक्षा ममिला नजोड्न आग्रह गरेका हुन् ।

नयाँदिल्लीमा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली छ्याङले दुई भिन्न विषयलाई एकै ठाउँमा मिसाएर विषय नउठाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताएका हुन् ।

चीन र बेलायतले व्यापार र आर्थिक सहयोगलाई राजनीति र सुरक्षासँग मिसाउने प्रवृत्तिको विरोध गर्नुपर्नेमा प्रधानमन्त्री ली छ्याङको जोड थियो । उनले चीन र बेलायत दुवै स्वतन्त्र व्यापारका पक्षपाती, अभ्यासकर्ता र लाभापेक्षी भएकाले पारस्परिक सहकार्य र साझेदारीका निम्ति आह्वान गरे ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया