Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको ऋण अगस्टमा तीव्र बढ्यो

चीनको ऋण अगस्टमा तीव्र बढ्यो


चीन । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले अगस्ट महिनामा चीनको ऋण एक दशमलव ३६ ट्रिलियन युआन (१८८.६३ बिलियन डलर)ले बढेको तथ्यांक सार्वजनिक गरेको छ । यो वृद्धि गत जुलाईमा रिपोर्ट गरिएको तीन सय ४५ दशमलव नौ बिलियन युआनको तुलनामा तीव्र वृद्धि भएको देखिएको छ । गतवर्षको अगस्टको तुलनामा पनि यस वर्ष ८६ दशमलव आड बिलियन युआन बढी ऋण बढेको देखिन्छ ।

चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनी लिमिटेडका प्रमुख अर्थशास्त्री झाङ जुनले ऋणको यो विस्तारले बजारको अपेक्षा र भावनामा सुधारको संकेत गरेको बताए । यसबाट आर्थिक वृद्धि र बजारको विश्वासलाई बढावा दिने प्रयासका लागि देशको वित्तीय सहयोग बढेको रूपमा लिनुपर्ने बताए ।

चीनमा यस वर्षको पहिलो आठ महिनामा आउटस्ट्यान्डिङ युआन ऋण १७ दशमलव ४४ ट्रिलियन युआनले विस्तार भएको छ । जुन अघिल्लो वर्षको १५ दशमलव ६८ ट्रिलियनको तुलनामा बढेको छ ।

सामाजिक वित्तपोषण, व्यक्तिगत र गैरवित्तीय फर्महरूले वित्तीय प्रणालीबाट प्राप्त गर्ने कोषको मापन, अगस्टमा तीन दशमलव १२ ट्रिलियन पुगेको छ । जुन जुलाईमा पाँँच सय २८ दशमलव दुई बिलियन युआन थियो । यस्तै गत वर्षको सोही अवधिको तुलनामा छ सय ३१ दशमलव ६२ बिलियन युआन बढी हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया