Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ ईभीमा सहुलियत नदिने ईयूको तयारीमा चीनको विरोध

चिनियाँ ईभीमा सहुलियत नदिने ईयूको तयारीमा चीनको विरोध


चीन । चिनियाँ विद्युतीय सवारीसाधनमा युरोपेली संघ (ईयू)ले अनुदान नदिने गरी सुरु गरेको अनुसन्धानप्रति चीनले कडा विरोध गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बिहीबार युरोपेली संघको यो कदम तत्काल सच्याउन आग्रह गर्दै कडा विरोध गरेका हुन्  ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले बुधबार चीनबाट आउने विद्युतीय गाडीमा सहुलियत रोक्नेगरी अनुसन्धान सुरु गरिएको बताएकी थिइन् । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनले यस्तो उपायलाई संरक्षणवादको रुपमा लिएको र यसले चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धलाई हानी पु-याउने बताएका छन् ।

उनले चीन सधैँ खुला विचार र सहयोगी भावना राख्ने भएकाले युरोपेली अटोमोबाइल कम्पनीहरुलाई चीनमा लगानी विस्तार गर्न आग्रह गरेका छन् । उनले ईयूलाई चीनसँग वार्ता र परामर्श गर्न समेत भनेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया