Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको मूल्य झन् बढ्यो

कच्चा तेलको मूल्य झन् बढ्यो


अमेरिका । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार तेस्रो दिन पनि बढेको छ । सोमबार साँझसम्म ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिब्यारेल शून्य दशमलव नौ प्रतिशतले बढेर ९४ दशमलव आठ डलर पुगेको थियो । गतसाता बिहीबारदेखि नै कच्चा तेलको भाउ बढेको छ ।

यस्तै, अमेरिकी बेन्चमार्क ‘वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुड’ पनि प्रति ब्यारेल शून्य दशमलव आठ प्रतिशतले बढेर ९१ दशमलव पाँच डलरमा पुगेको छ । एक साताअघिदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको कारोबार सन् २०२३ कै उच्च विन्दुमा भइरहेको छ ।

साउदी अरेबिया र रुसले यो वर्षभर तेल उत्पादन कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो । विश्लेषकहरुले कच्चा तेलको भाउ छिट्टै प्रतिब्यारेल एक सय अमेरिकी डलर पुग्ने बताएका छन् । जुन महिनायता मात्रै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ करिब ३० प्रतिशतले बढेको छ ।

तेलको भाउ बढेपछि विश्वभर मुद्रास्फीतिमा दबाब पर्न थालेको देखिएको छ । गतवर्षदेखि युरोपको अर्थतन्त्र बिँग्रदै गएकोे छ । अमेरिकासहित ठूला अर्थतन्त्र भएका मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न एक वर्षयता ब्याजदर बढाइरहेका छन् । तर, मुद्रास्फीतिमा परेको चापको नियन्त्रण हुन सकिरहेको छैन ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया