Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायती बैंकहरूको कर्जा जोखिम बढ्यो

बेलायती बैंकहरूको कर्जा जोखिम बढ्यो


बेलायत । बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’का डेपुटी गभर्नर साम वुड्सले बेलायतका ऋणदाताहरुबीच कमजोरी बढिरहेको बताएका छन् । बढ्दो मुद्रास्फीति र ब्याजदर वृद्धिका कारण बेलायती बैंकिङ क्षेत्रको कर्जामा जोखिम बढेको बताएका हुन् ।

मुद्रास्फीति नियन्त्रणका लागि बेलायतको केन्द्रीय बैंकले २०२१ डिसेम्बरमा शून्य दशमलव एक प्रतिशत रहेको ब्याजदर अहिले पाँच दशमलव २५ प्रतिशत पु-याएको छ । जुन १५ वर्षयताको उच्च हो । उनले बजारले यो हप्ताको अन्त्यमा ब्याजदर थप बढाएर पाँच दशमलव ५० प्रतिशतमा पुग्ने सम्भावना बढेको बताएका छन् ।

केन्द्रीय बैंकले एक प्रतिशतभन्दा धेरै कर्जा बन्धक बक्यौतामा रहेको अनुमान गरेको छ । जुन सन् २०१८ मा भन्दा धेरै हो । यही कारण यसलाई नजिकबाट हेरिरहेको सुड्सले बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया