Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशताब्दी पुरानो तोशिबाको विरासत समाप्त

शताब्दी पुरानो तोशिबाको विरासत समाप्त


जापान । विद्युतीय उपकरण उत्पादनका लागि विश्वविख्यात जापानी कम्पनी तोशिबाले आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको छ । तोशिबाले बिहीबार आफ्नो युग समाप्त भएको घोषणा गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहलाई बिक्री गरेको जनाएको छ ।

सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो । ७० वर्षसम्म सेयरबजारमा सूचीकृत कम्पनी अब त्यसबाट हट्ने प्रमुख कार्यकारी अधिकृत तारो सिमादाले बताएका छन् । ‘तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ,’ बिहीबार एक विज्ञप्ति निकालेर उनले भनेका छन् ।

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा ल्यापटप कम्प्युटर, लिफ्ट र आणविक पावर स्टेसनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो । सन् २०१५ मा भएको आर्थिक घोटाला र अमेरिकी आणविक सहायक वेस्टिङहाउसबाट अर्बौँ डलरको घाटा व्यहोर्नुपरेपछि केही वर्षदेखि कम्पनी संकटमा फसेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया