Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय बैंकिङ प्रणालीमा तरलता अभाव

भारतीय बैंकिङ प्रणालीमा तरलता अभाव


भारत । भारतीय वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएको छ । भारतीय बैंकिङ प्रणालीको तरलता १४ खर्ब ७० अर्ब भारतीय रुपैयाँ (भारु)ले तल झरेको छ ।

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले अनिवार्य नगद अनुपात (सीआरआर)को सीमा बढाइदिएपछि बैंकिङ प्रणालीमा ठूलो रकम होल्ड भएको र यसले वित्तीय प्रणालीमा तरलता अभाव देखापरेको विश्लेषकहरुले बताएका छन् । यस्तै जीएसटी र अग्रीम कर भुक्तानीका कारण बैंकिङ प्रणालीबाट ठूलो रकम सरकारी ढुकुटीमा पुगेको छ । गतसाता कर्पोरेटहरुले अग्रीम कर र जीएसटी भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट २५ खर्ब भारु बाहिरिएको थियो । यिनै कारण तरलतामा दबाब परेको बैंकहरुले दाबी गरेका छन् ।

तरलतामा चाप परेपछि बैंकहरुले केन्द्रीय बैंकबाट १९ खर्ब ७० अर्ब भारु कर्जा सुविधा लिएका छन् । तरलतामा असर परेपछि आरबीआईले सीआरआरको सीमा तल झार्ने तयारी गरिरहेको बताएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया