Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय चन्द्रयानबाट कुनै ‘सिग्नल’ आएन

भारतीय चन्द्रयानबाट कुनै ‘सिग्नल’ आएन


भारत । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले चन्द्रमामा रहेको चन्द्रयानबाट सिग्नल प्राप्त नभएको जनाएको छ । इसरोले नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेको ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको बताएको छ । इसरोको चन्द्रयान–३ गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको थियो । चन्द्रयानले यसअघि १० दिन त्यहाँको तस्बिर र डेटा संकलन गरेर पठाएको थियो ।

वैज्ञानिकहरुले चन्द्रमामा सूर्यास्त हुनलाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए । ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिने भएपछि निष्क्रिय राखेका थिए । चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरु रिचार्ज हुने र विक्रम र प्रज्ञान पुनः जागृत हुने विश्वास गरिएको थियो । तर अहिले चन्द्ररातमा अत्यधिक चिसो हुनेभएकाले ब्याट्रीमा क्षति पु-याएकोे अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया