Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु

पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु


एजेन्सी । अफ्रिकी मुलुक बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा गैरकानुनी ढङ्गले सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

बेनिनको आन्तरिक तथा सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको जीवन समाप्त भएको छभने १२ जना गम्भीर घाइते भएका छन् । पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ । इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

बेनिनमा तस्करी गरिएको पेट्रोल देशको पूर्वी छिमेक नाइजेरियाबाट आउने गरेको छ । नाइजेरिया अफ्रिकाको प्रमुख तेल उत्पादक देश हो जहाँ इन्धन धेरै सस्तो छ । मुनाफा कमाउने उद्देश्यले धेरैले गैरकानुनीरुपमा इन्धन भण्डारण गर्दा बेलाबेलामा बेनिन र नाइजेरियामा पनि यस्ता अकल्पनीय दुर्घटना हुने गरेका छन् । यसैबीच, बेनिनको कानुन मन्त्रालयले दुर्घटनाको छानबिन थालेको बताएको छ । रासस


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया