Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपुलित्जर पुरस्कार घोषणा, न्युयोर्क टाइम्सको अग्रता

पुलित्जर पुरस्कार घोषणा, न्युयोर्क टाइम्सको अग्रता


अमेरिका, वैशाख २४
गत महिना कोरोनाभाइरस संकटका कारण स्थगित गरिएको पुलित्जर पुरस्कार विजेताको घोषणा सोमबार गरिएको छ । पत्रकारिता, साहित्य एवं संगीत रचनाका क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई प्रदान गरिने यो अन्तर्रा्ष्ट्रिय पुरस्कार ‘न्यूयोर्क टाइम्स’ ले विभिन्न तीन विधामा हात पारेको छ । त्यसैगरी ‘एंकरेज डेली न्यूज’, ‘प्रो पब्लिका’ पनि यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको छ ।

पुरस्कारको सुरुवात सन् १९१७ मा गरिएको होे । भ्रष्टाचार, कानुन र नश्लवाद जस्ता मुद्दालाई उजागर गरेका यी तीन संस्थालाई यिनै मुद्दामाथि गरेको रिपोर्टका आधारमा पुरस्कृत गरिएको बताइएको छ । पुरस्कार बोर्डका प्रशासक डाना केनेडीले कोरोनाभाइरस प्रकोपका कारण भव्य समारोहमा जमघट नगरिकन यूट्युबमा लाइभ स्ट्रिमका माध्यमले विजेताको घोषणा गरिएको जानकारी गराएका थिए । उनले ‘न्यूयोर्क टाइम्स’लाई सबैभन्दा बढी तीन, ‘द न्यूयोर्कर’लाई दुई र ‘प्रो पब्लिका’लाई एउटा पुरस्कार प्राप्त भएको उक्त अवसरमा घोषणा गरिएको थियो ।

न्यूयोर्कका ब्रायन एम रोसेन्थलको न्यूयोर्क सहरका ट्याक्सी उद्योगमा खोजी रिपोर्टका लागि पुरस्कार दिइएको उनले बताए । कसरी कमजोर चालकहरुको लाभ उठाएर कर्जाको बजार फस्टाइरहेको छ भन्ने रिपोर्टमा उल्लेख गरिएको थियो । त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालका कहानीको एक शृंखलाबद्ध रिपोर्टिङका लागि पनि अन्तर्राष्ट्रिय पुरस्कार दिइएको छ ।

अलास्कामा यौनहिंसाको खोज र अनुसन्धानमूलक रिपोर्टका लागि ‘एड्ढरेज डेली न्यूज’लाई र ‘प्रो पब्लिकालाई संयुक्तरुपमा सबैभन्दा प्रतिष्ठित मानिने पब्लिक सर्भिस अवार्ड प्राप्त भएको छ । यसबाहेक ‘द वाशिङ्गटन पोस्ट, असोसिएटेड प्रेस, द लोल एन्जिलिस टाइम्स, द बाल्टिमोर सन, द फिलिस्तिन हेराल्ड प्रेस’ लाई पनि अलग अलग समाचारका लागि पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको छ ।

रोयटर्सले हङकङको विरोध प्रदर्शनका तस्वीरका लागि ब्रेकिङ न्यूज फोटोग्राफी पुरस्कार पाएको छ भने कश्मीर घाटीको स्थिति फोटो मार्फत दर्शाएकाले एसोसिएटेड प्रेससँग आबद्ध भारतीय फोटो पत्रकारले पनि फिचर फोटोग्राफी क्षेत्रको अवार्ड प्राप्त गरेका छन् । त्यस्तै केन्टुकीको लेक्सिङ्टनस्थित कुरियर जर्नलले ब्रेकिङ् समाचार रिपोर्टका लागि पुरस्कार पाएको छ । जसले केनिटुकीका तत्कालीन गभर्नर मट बेभिनले गल्तीका लागि अन्तिम समयमा याचना गरेको माफीलाई सयौँ समाचार बनाएर बजारमा ल्याएको थियो । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x