Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारह्याकरविरुद्ध जुम एपले चाल्यो कदम

ह्याकरविरुद्ध जुम एपले चाल्यो कदम


अमेरिका, वैशाख २५
चर्चित भिडियो कम्पनी जुमले लकडाउनमा एपको प्रयोग बढेसँगै साइबर सुरक्षाका कदमलाई पनि प्राथमिकता दिएको छ । एपको प्रयोग बढेपछि ह्याकर सक्रिय भएको भन्दै कम्पनीले नयाँ सेक्युरिटी कदम चालेको बीबीसीले जनाएको छ ।भिडियो चलिरहँदा नश्लीय र जातीय विभेदजन्य कन्टेन्ट आउनथालेपछि कम्पनीले साइबर सुरक्षालाई महत्व दिएको हो । कम्पनीले जुम एकाउन्टमा अनिवार्य पासवर्ड राख्नुपर्ने व्यवस्था गरेको छ । बालयौनलाई प्रश्रय दिने गरी ह्याकिङ भएसँगै कम्पनी चनाखो बनेको हो । खासगरी बेलायती र अमेरिकी डाटाहरु चीन हुँदै पास हुने हुँदा समस्या परेको कम्पनीले जनाएको छ । पछिल्लो समय भिडियो मिटिङ भइरहँदा ह्याकरले यौनजन्य पोस्ट गरेपछि कतिपय भर्चुअल बैठक नै बन्द गर्नुपरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x