Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनीमा अर्थिक मन्दी झन् बढ्ने प्रक्षेपण

जर्मनीमा अर्थिक मन्दी झन् बढ्ने प्रक्षेपण


जर्मनी । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै आर्थिक मन्द्री व्यहोर्नुपर्ने बताएको छ । आईएमएफले मंगलबार सन् २०२३ मा जर्मनीले विश्वमै सबैभन्दा खराब अर्थतन्त्र प्रदर्शन गर्ने ठूलो मुलुक हुने प्रक्षेपण गरेको हो ।

उच्च मूल्यवृद्धि र निर्माण क्षेत्रमा आएको मन्दीले यो वर्ष जर्मन अर्थतन्त्र शून्य दशमलव पाँच प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेकोे छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनी यो वर्ष आर्थिक वृद्धि नहुने मुलुक बन्ने निश्चितजस्तै भएको आईएमएफले उल्लेख गरेको छ । जर्मनी जी–७ का सदस्यहरुमध्ये आर्थिक वृद्धि नहुने एउटा मात्र मुलुक बन्ने प्रक्षेपण पनि आईएमएफको छ ।

आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार–साझेदार मागलगायतका थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ ।

सन् २०२३ को प्रारम्भमा मन्दीमा पुगेको र दोस्रो त्रैमासिकमा स्थिर रहेको जर्मनीको अर्थतन्त्र दोस्रो छ महिनामा संकुचनतिर गएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि सन् २०२४मा जर्मनीको अर्थतन्त्र सुधारको दिशामा जाने अपेक्षा गरेको छ ।

जर्मनीको अर्थतन्त्रमा देखिएको समस्याले युरोजोनमा समेमत असर पर्ने देखिएको छ । आईएमएफले सन् २०२३ मा २० राष्ट्र सम्मिलित युरोजोनको अर्थतन्त्र थोरै घटाएर शून्य दशमलव सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । एजेन्सी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया