उच्च ब्याजदरले समस्या पार्ने विश्व बैंकको चेतावनी
मोरक्को । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि संघर्षरत देशहरूलाई समस्यामा पार्नसक्ने चेतावनी दिएका छन् ।
विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा राष्ट्रिय बैंकहरूले उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोभिड–१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको संकटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ ।
‘यी सबै झट्काका बावजुद हामीले कुनै पनि ठूला अर्थतन्त्रहरू वास्तवमै समस्यामा परेको देखेका छैनौँ । विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्द्रमित गिलले भने, ‘यो एउटा राम्रो समाचार हुनसक्छ कि ब्याजदर वृद्धि अभियान सम्भवतः यहीँ समाप्त हुन्छ ।’ मोरक्कोको माराकेशमा आयोजित आईएमएफ–विश्व बैंकको वार्षिक बैठकका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले समस्या के छ भने तपाईँले उल्लेख गर्नुभएको उच्च ब्याजदर र यसका कारण देखिएको आर्थिक वृद्धिदर निकै सुस्त भइरहेको छ ।’
गिलले सन् १९७० को दशकमा उच्च ब्याजदरको अर्काे लामो अवधिमा करिब २४ वटा अर्थतन्त्र संकटग्रस्त स्मरण गरे । उनले भने, ‘हामीले यो कडा चक्रलाई पनि लामो समय लाग्ने अपेक्षा गर्नुपर्छ । उनले भने, ‘हामीले केही देशहरूले समस्या झेल्ने अनुमान गरेका छौँ ।’
विश्व बैंकका अध्यक्ष अजय बंगाले मुद्रास्फीति घट्न थालेकोमा कुनै शंका नरहेको तर यो दर अझै उच्च रहने बताएका छन् । बंगाले भने, ‘यो लगानीका लागि र वर्षाैँदेखि कम ब्याजदरको वातावरणमा अभ्यस्त भएका मानिसहरूका लागि पनि धेरै तरिकामा जटिल घटना हुन सक्छ ।’
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया