चीनको ग्वाङ्जाउमा १३४औँ क्यान्टन फेयर सुरु
चीन । चीनको दक्षिणी गुआङ्दोङ प्रान्तको राजधानी ग्वाङजाउमा आइतबारदेखि चीन आयात तथा निर्यात मेलाको १३४औँ सत्र सुरु भएको छ । यसलाई क्यान्टन फेयर पनि भनिन्छ ।
मेला आगामी नोभेम्बर ४ सम्म चल्ने मेलाका प्रवत्ता सु बिङले बताएका छन् । मेलाले विश्वभरका खरिदकर्तालाई आकर्षित गरेको बताउँदै उनले मेलाका लागि दुई सयभन्दा बढी र क्षेत्रका एक लाखभन्दा बढी खरिदकर्ताले दर्ता गरेको जानकारी दिए ।
मेलाको अनलाइन प्लेटफर्मले प्रदर्शक तथा खरिदकर्ता दुवैका लागि सेवा प्रदान गरिरहेको उनको भनाइ छ । अघिल्लो संस्करणको तुलनामा यस सत्रका लागि प्रदर्शनी क्षेत्र ५० हजार वर्गमिटर विस्तार गरिएको र प्रदर्शनी बुथहरूको संख्या पनि चार हजार छ सयले वृद्धि हुने बताइएको छ ।
मेलामा ४३ देश र क्षेत्रका छ सय ५० उद्यमीसहित २८ हजारभन्दा बढी प्रदर्शकहरुले भाग लिने आयोजकले बताएको छ । सन् १९५७ मा सुरु भएको मेला चीनको वैदेशिक व्यापारको प्रमुख उपायका रूपमा स्थापित भएको छ । मेला वर्षको दुई पटक लाग्ने गर्दछ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया