Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित

सात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित


रोम, वैशाख २९
इटलीमा कोरोनाभाइरस संक्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आइतबार बताएको छ । संगठनका अनुसार कोभिड–१९ संक्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य संकटको कारण आर्थिक कठिनाइ झनै नराम्रो भएको कारण केटाकेटीको आवश्यक न्यूनतम आहारामा निकै कमी भएको हो । ‘इटलीमा दूध वा खाना लिन सहयोग चाहिने १५ वर्षभन्दा मुनिका बच्चाहरूको संख्या सात लाख रहेको छ’, कोल्डरेट्टीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

यो संकटले गरिबलाई थप गरिबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरूलाई साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको विज्ञप्तिमा बताइएको छ । कागजीरूपमा वैधता नपाएका कामदारहरू पनि महामारीका कारण नराम्ररी प्रभावित बनेका छन् । सामान्यतया उनीहरूको कुनै बचत हुँदैन र काम गर्न नसक्दा राज्यबाट पाउने सहयोगको कुनै बाटो नै रहँदैन । दक्षिणी इटलीमा यसरी कठिनाई भोग्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ ।

इटलीमा संकटका कारण खाद्यान्नमा मूल्य वृद्धि भएको छ । इटलीमा महामारी पहिलेको तुलनामा महामारीको समय अप्रिलमा फलफूलमा ८.४ प्रतिशत, तरकारीमा पाँच प्रतिशत र दूधकोेमा ४.१ प्रतिशतले मूल्यवृद्धि भएको बताइएको छ । यद्यपि इटलीमा सक्रिय सयौँ धार्मिक संस्था तथा परोपकारी संस्थाहरूले यथोचित सहयोगको प्रयास गरेपनि एक साथ ठूलो संख्यामा सहयोग गर्नुपर्दा कठिनाई भइरहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x