चन्द्रमामा मानिस पठाउने भारतको योजना
नयाँदिल्ली । भारतले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने योजना सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रमामा मानिस पठाउने र अन्तरिक्ष स्टेसन स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन् ।
भारतले आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि आगामी शनिबार महत्वपूर्ण उडान गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री मोदीले सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले सन् २०३५ सम्म भारतीय अन्तरिक्ष स्टेसन र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय नागरिक पठाउने योजना बनाइएको बताएका हुन् ।
भारतले गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आफ्नो चन्द्रयान अवतरण गराएकोे थियो । दक्षिणी ध्रुवमा यान सफल अवतरण गराउनेमा भारत पहिलो देश बनेको छ । यस्तै सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि अन्तरिक्ष यानकोे पनि सफल प्रक्षेपण गरेको छ । भारतले कम बजेटमा अन्तरिक्ष कार्याक्रम सञ्चालन गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया