गाजाको अस्पतालमा आक्रमण हुँदा सयौँको मृत्यु
इजरायल । प्यालेस्टिनी क्षेत्रको गाजा सहरमा रहेको एक अस्पतालमा मंगलबार भएको विस्फोटनमा परेर चार सय ७१ मानिसको मृत्यु भएकोे छ । आक्रमणमा तीन सयभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
मंगलबार गाजा सहरको अल अहली अरब अस्पतालमा रकेट डोकिएपछि ठूलो विस्फोट भएको थियो । इजरायल र प्यालेस्टाइनी लडाकुसमूहले मंगलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एक–अर्कालाई दोषारोपण गरिरहेका छन् ।
प्यालेस्टाइनी अधिकारीहरूले इजरेली हवाई हमलाका कारण उक्त विस्फोट भएको बताएका छन् । इजरायली सेनाले भने प्यालेस्टिनी ‘इस्लामिक जिहाद’ समूहको असफल रकेट प्रक्षेपणको नतिजा भएको बताएकोे छ । संयुक्त राष्ट्रसंघले गाजा सहरको अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेको छ, राष्ट्रसंघले हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्ने र यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्ने बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया