Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले बीआरआई परियोजनामा एक खर्ब डलर लगानी थप्ने

चीनले बीआरआई परियोजनामा एक खर्ब डलर लगानी थप्ने


बेइजिङ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा थप एक सय अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चीनपिङले बीआरआईको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित शिखर सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

बीआरआई परियोजनाका लागि अहिलेसम्म चीनले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरिसकेको छ । बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्न राष्ट्रपछि सिको महत्वाकांक्षी परियोजना हो । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्सपोर्ट–इम्पोर्ट बैंकले थप एक सय अर्ब डलर ऋण उपलब्ध गराउनेछन् ।

आर्थिक विस्तारभन्दा पनि गरिब मुलुकहरूलाई ऋणको भारी बोकाउन चीनले बीआरआई परियोजना लागू गरेको भन्दै आलोचकहरूले आलोचना गर्दै आएका छन् ।

राष्ट्रपति सिले बीआरआई परियोजनामा संयुक्त प्रयासलाई सहयोग गर्न हरित पूर्वाधार, हरित ऊर्जा, हरित यातायातजस्ता क्षेत्रमा सहयोग बढाउँदै लैजाने बताएका छन् । उनले बीआरआईका लागि हरित लगानी सिद्धान्त लागू गर्ने र सन् २०३० सम्म साझेदार देशहरूलाई एक लाख प्रशिक्षण उपलब्ध गराउने घोषणा पनि गरेका छन् । एजेन्सी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया