पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रुणको विकास
टोकियो । जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रुणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रुणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने संकेत दिएको छ ।
यामानाशी विश्वविद्यालयको एडभान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एयरोस्पेस स्पेस एजेन्सी (जेएएक्सए)को एउटा टिमसहितको अन्वेषकहरूले सन् २०२१ अगस्टमा एउटा रकेटमा जमेको मुसाको भ्रुणलाई आइएसएसमा पठाएका थिए ।
अन्तरिक्ष यात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रुणहरूलाई पगाले र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरे ।
‘सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रुण सामान्यतया ब्लास्टोसिस्टमा विकसित हुन्छन्, बलास्टोसिस्ट त्यस्तो कोशिका हो जुन प्लेसेन्टामा विकसित हुन्छ’, वैज्ञानिकहरूले भनेका छन् ।
शनिबार वैज्ञानिक पत्रिका आईसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा अन्वेषकहरूले भनेका छन्, ‘प्रयोगबाट के स्पष्ट भएको छ भने भ्रुणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर थिएन ।’
उनीहरूले पृथ्वीमा प्रयोगशालामा फिर्ता पठाइएको ब्लास्टोसिस्टको विश्लेषण गरेपछि डीएनए र जीनको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन नभएको पनि बताएका छन् ।
‘यो पहिलो अध्ययनले अन्तरिक्षमा स्तनधारी फस्टाउन सक्छन् भन्ने देखाएको छ’, यामानाशी विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान संस्थान रिकेनले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘आईएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षणअन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्रुणहरूको संवद्र्धन गरिएको विश्वमा यो पहिलो प्रयोग हो ।’
‘ब्लास्टोसिस्ट सामान्य हो भन्ने पुष्टि गर्नका लागि भविष्यमा आईएसएसको सूक्ष्म गुरुत्वाकर्षणमा विकसित ब्लास्टोसिस्टलाई मुसामा प्रत्यारोपित गर्न आवश्यक हुनेछ । यसबाट मुसाले बच्चा जन्माउन सक्छ वा सक्दैन भन्ने थाहा पाउन सकिनेछ’, विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया