Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको भाउ बढ्ने चिन्ता

कच्चा तेलको भाउ बढ्ने चिन्ता


अमेरिका । रुस–युक्रेन र इजरायल–हमासबीचको युद्ध थप चर्किदै गएमा विश्व बजारमा कच्चा तेलको भाउ थप बढ्नसक्ने अनुमान गरिएको छ । विश्व बैंकले भूराजनीतिक तनाव बढ्दै जाँदा कच्चा तेलको भाउ ७५ प्रतिशतसम्म बढ्नसक्ने चेतावनी दिएको छ ।

विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘कमोडिटी मार्केट्स आउटलुक’ सम्बन्धी रिपोर्टमा भूराजनीतिक तनावले महँगी बढाउने उल्लेख गरेको हो । अहिलेसम्म ठूलो वृद्धि नभए पनि भाविश्यमा यसको असर पर्नसक्ने विश्व बैंकको तर्क छ । मध्यपूर्वको द्वन्द्व र रुस–युक्रेन युद्धले विश्वव्यापीरुपमा आर्थिक असर पार्नसक्ने विश्व बैंकको भनाइ छ ।

अहिले ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ८६ डलर छ । यो त्रैमासमा कच्चा तेलको मूल्य ९० डलर आसपास रहने विश्व बैंकले जनाएको छ । विश्व बैंकले तेलको आपूर्तिमा सानो अवरोध भए पनि मूल्य बढेर एक सय डलरभन्दा माथि पुग्नसक्ने उल्लेख गरेको छ । तेल आपूर्तिमा मध्यमखालको अवरोध भएमा प्रतिब्यारेल एक सय २१ डलर र ठूलो अवरोध भएमा एक सय ५७ डलरसम्म पुग्नसक्ने अनुमान गरेको छ । यसअघि सन् २००८मा कच्चा तेलको भाउ प्रतिब्यारेल एक सय ४७ अमेरिकी डलर पुगेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया