Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारग्रिसमा आप्रवासीद्वारा सञ्चालन गरिएको होटलमा लुटपाट

ग्रिसमा आप्रवासीद्वारा सञ्चालन गरिएको होटलमा लुटपाट


एथेन्स, वैशाख ३१
दर्जनौँ शरणार्थीलाई आप्रवासीहरूको व्यवस्थापनमा सञ्चालित एक होटेलमा सार्ने योजना गत हप्ता सार्वजनिक भएसँगै उत्तरी ग्रिसको एउटा गाउँ अर्निसामा रहेको उक्त होटेलमा स्थानीयले लुटपाट तथा आगजनी गरेका छन् । गाउँका करिब २५० व्यक्ति होटलमा प्रबेश गरी बहुमुल्य सामानहरू लुट्नुका साथै आगजनी गरेका छन् । उनीहरूले खाली होटेलमा प्रवेश गरी उक्त हिंसात्मक कार्य गर्नुको उद्देश्य त्यस होटेलमा वा गाउमा आप्रबासी शरणार्थीलाई राख्ने सरकारी योजनाको विरोध गर्नु रहेको बताएका छन् ।

एक युवतीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनिन्, ‘घटना साँच्चै त्रासदीपूर्ण थियो । गाउलेहरूले होटेलमा रातिमा ढुङ्गामुढा गरे, बहुमुल्य सामानहरू लुटेर लगे र अन्त्यमा आगो लगाए ।’ उनले रातिमा भएको हुलदङ्गाका कारण होटेलको नजिकै बस्ने मेरा वृद्ध पिता त्रासले रातभर निदाउन नसकेको बताइन् ।

ग्रिक सरकारले शरणार्थी शिविरमा भएको भिडलाई कम गर्न करिब शरणार्थीका लागि निवेदन दिएका करिब दुई हजार आप्रवासीलाई टापूबाट मुख्यभूमि (बस्ती)मा सार्ने प्रतिबद्धता जाहेर गरेको केही समयपछि उक्त घटना भएको हो । युरोपमा कछुवा गतिको शरणार्थी व्यवस्थापन प्रणालीको भार सहनुपर्दा वाक्क बनेपछि स्थानीयले आफ्नो वस्तीमा आप्रवासीको ल्याउने कुराको विरोध गरेका हुन् । सरकारका प्रवक्ता स्टेलियो पेटासले सोमबार भने मे ५ गते भएको उक्त घटना ‘गलत सूचना’का कारण सिर्जित अवस्था भएको बताएका छन् । आप्रवासीबाट कोरोनाभाइरस फैलिने भयका कारण स्थानीय विरोधमा उत्रिएका सरकारले बताएको छ ।

प्रवक्ताले भने, ‘कोरोना भाइरसको संकटको सुरूवातसँगै सरकारले आप्रवासीबाट संक्रमण फैलिन नदिन विशेष उपायको अवलम्वन गरेको छ ।’ प्रहरीले होटेलमा भएको आक्रमणको अनुसन्धान थालेको र दोषीमाथि कारबाही चलाइने बताएको छ । घटनालाई लिएर अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन । आगजनीबाट होटेलका झ्याल, ढोका तथा फर्निचरहरू फुटेका र कोठाहरू ढुङ्गा, इँट्टा र आगलागीपछि निस्केको खरानीले असरल्ल बनेका प्रहरीले बताएको छ ।

होटेलको मालिकले स्थानीयको डरका कारण आफ्नो परिचय नदिन वा समाचार नछाप्नसमेत याचना गरेका थिए भने केही स्थानीयले सरकारको निर्णयप्रति विरोध जनाउँदै आफुहरूको वस्तीमा शरणार्थीलाई स्वागत गर्न नसक्ने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x