भारतमा जेठ १८ सम्म लकडाउन
नयाँ दिल्ली, जेठ ५
कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या बढ्ने क्रम नरोकिएपछि सरकारले आगामी जेठ १८ (मे ३१)सम्म लकडाउन लम्ब्याएको छ । भारतीय गृह मन्त्रालयले उक्त अवधिसम्म लकडाउन थपिएको भन्दै गाइडलाइनहरु समेत सार्वजनिक गरेको छ । भारतले चौथोपटक लकडाउनबारे निर्णय गरेको हो । निर्णयसँगै सबै सामाजिक, सांस्कृति तथा धार्मिक कार्यक्रम प्रतिबन्धित रहने भएका छन् । मानिसहरुको भीड गर्न नपाइने भएको छ । तर चिकित्सामा सहयोग गर्ने होटल भने खुल्न पाउने बताइएको छ । अन्य होटल र रेस्टुराँ बन्द गरिएको नवभारत टाइम्सले जनाएको छ ।
यसपटकको लकडाउनमा पनि मेट्रो र रेल सेवा बन्द हुने, सामान्य हवाइ सेवा नचल्ने, स्कुल, कलेज र कोचिङ सबै बन्द हुने भएका छन् । केही आर्थिक गतिविधिले भने यो अवधिमा छुट पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोभिड–१९ को संक्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
भिडियो सम्मेलनमार्फत छलफल गरिएको थियो । यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका थिए । भारतीय राज्य कर्णाटकले २ दिनका लागि लकडाउन बढाइसकेको छ । त्यस्तै पञ्जाब राज्यले पनि मे ३१ सम्म लकडाउन गर्ने बताइसकेको छ । महाराष्ट्र र तमिलनाडुले पनि सोही अवधिसम्म लकडाउन गरेका छन् ।
भारतमा ९० हजार कोरोना संक्रमित एकै दिन भेटिए ५ हजार : भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९ सय ४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कुल २ हजार ८ सय ७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७ सय ६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९ सय ८८ जना र १० हजार ५ सय ८५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । (रासस–एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया