Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफिलिपिन्समा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

फिलिपिन्समा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


काठमाडौं । फिलिपिन्सको मिण्डानाओ टापुमा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार गएराति साढे १० बजेतिर भूकम्प गएको हो । यसको गहिराइ ३२ किलोमिटर थियो ।

फिलिपिन्स, इण्डोनेसिया र वरपरका मुलुकमा समेत भूकम्पको धक्का महसुस हुनेगरी गएको भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरिएको छ । त्यस्तै, भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा आउनसक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको छ ।

जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउनसक्ने चेतावनी जारी गरिएको जनाएको छ भने चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया