अमेरिकी अर्थतन्त्र मन्दीतर्फ, उत्पादन कमजोर
वासिङ्टन । नोभेम्बर महिनामा अमेरिकी उत्पादन सुस्त देखिएको छ । उद्योग, कलकारखानामा रोजगारीमा आएको गिरावट उत्पादन प्रभावित भएको र अर्थतन्त्रमा गम्भीर धक्का लागेको एक सर्वेक्षणले देखाएको छ ।
इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम)ले गरेको सर्वेक्षणले उपभोक्ता खर्च र अक्टोबरमा घटेको मुद्रास्फीतिमा मध्यम वृद्धि देखाएको छ । शुक्रबार सार्वजनिक भएको उक्त प्रतिवेदनले उच्च ब्याजदरका कारण माग कम हुँदा आर्थिक गतिविधि खुमिचएको छ । तथापि, अधिकांश अर्थशास्त्रीहरूले आगामी वर्ष मन्दी कम भएर जाने बताएका छन् । केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर वृद्धिमा लिएको नरमपनले आर्थिक गतिविधि थप खुम्चिने सम्भावना कम रहने अर्थशास्त्रीहरुले विश्लेषण गरेका छन् ।
न्यूयोर्कको एफएचएन क्यापिटलका म्याक्रो रणनीतिका विल कम्पर्नोलले चौथो त्रैमासिक रिपोर्टमा अर्थतन्त्रका सर्वेक्षणहरु सुदृढ भएर आउने विश्वास व्यक्त गरेका छन् ।
आईएसएमले पर्जेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ५० भन्दा तल रहेको १३औँ महिना भएको उल्लेख गरेको छ । नोभेम्बरमा पीएमआई ४६ दशमलव सातमा थियो । यसले उत्पादन संकुचनलाई संकेत गर्छ ।
केही अर्थशास्त्रीहरूले अक्टोबरको अन्त्यमा समाप्त भएको युनाइटेड अटो वक्र्स हड्तालले पीएमआईमा प्रभाव पार्ने बताएका छन् । वास्तवमा, बनावटी धातु उत्पादनहरूका निर्माताहरूले बिक्री अझै पनि विरोधबाट प्रभावित भएको रिपोर्ट गरेका छन् । खाद्यान्न, पेय पदार्थ र सुर्तीजन्य पदार्थका उत्पादकहरूले कार्यकारीहरुले सूचीको स्तर धेरै तल ल्याउन अनुरोध गरेको रिपोर्ट गरेका छन्, जसले अभाव सिर्जना गर्ने दाबी छ ।
निर्माण फर्महरूले भने ग्राहक अर्डरहरू २०२४ का लागि धकेलिएको रिपोर्ट गरेका छन् । यसले गर्दा यस वर्षको अन्त्यमा मौज्दात बढ्दै गएको बताएका छन् ।
अर्थतन्त्रका अन्य सबै क्षेत्र दबाबमा रहँदा अमेरिकी सेयरबजारमा भने उच्च विन्दुमा छ । मुद्राको बास्केटको तुलनामा डलरको भाउ घटेको छ । अमेरिकी ट्रेजरी मूल्य बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया