पश्चिम बंगालमा लकडाउनको स्वरुप परिवर्तन गरिने
भारत, जेठ ६
भारतको पश्चिम बंगालमा बन्दाबन्दीको स्वरुप परिवर्तन गरिने भएको छ । चौथो चरणको बन्दाबन्दी लागु भएसँगै सोमबार सूचना जारी गरेर त्यसको स्वरुपमा परिवर्तन गर्न लागिएको उच्च अधिकारीहरुले जनाएका छन् । भारतको केन्द्रीय सरकारले आइतबार फेरी बन्दाबन्दीको अवधि दुई हप्ता बढाएर यही मे ३१ तारिखसम्म पु-याएको छ । यो चौथो चरणको देशव्यापी बन्दाबन्दी हो । थप गरिएको बन्दाबन्दीका बेला भने सरकारले केही खुकुलो व्यवस्था गरेको छ । निश्चित क्षेत्रमा सरकारले मातहतका निकायहरुको निर्णयका आधारमा आवतजावत र अन्य गतिविधिहरुमा केही खुल्ला गर्ने व्यवस्था गर्न लागिएको हो ।
नयाँ खुकुलो व्यवस्थाले विशेष गरी अलपत्र परेका मजदूरहरूलाई राहत मिल्न सक्ने सरकारी अधिकारीहरूले अपेक्षा गरेका छन् । ‘केन्द्रीय गृह मन्त्रालयले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ, त्यही अनुसार लकडाउनको स्वरुपमा केही परिवर्तन गर्न लागिएको छ, त्यसका लागि प्रदेश सरकारले सूचना जारी गर्न लागेको छ’, वरिष्ठ एक सरकारी अधिकारीले भने । छुट्टै रहेका पसलहरू र हरित क्षेत्र मानिएको क्षेत्रमा बिहान ७ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने उनीहरुको भनाइ छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीेले मुख्यमन्त्रीहरुसँग गरेको छलफलका आधारमा लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरिएको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले चौथो चरणको लकडाउनका लागि नयाँ निर्देशिका बनाइएको पनि जानकारी दिएको छ ।
प्रदेश सरकारले भने यसअघि नै ग्रामीण क्षेत्रमा कृषि लगायतका कार्यका लागि सहज वातावरण बनाउने निर्णय गरेको थियो । मुख्यमन्त्री ममता बनर्जीले लकडाउनको स्वरुप परिवर्तन गर्ने र उच्च सतर्कता अपनाउँदै केही कामहरु गर्न दिने निर्णय गरिएको अघिल्लो हप्ता नै जानकारी दिएकी थिइन् । सरकारी अधिकारीहरूका अनुसार आइतबारसम्ममा पश्चिम बंगालमा कोरोनाभाइरसका कारण १६६ जनाको मृत्यु भएको छ भने दुई हजार ६७७ जना संक्रमित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया