६३ प्रतिशत बढीले अनलाइन अध्ययन गर्ने
नयाँ दिल्ली, जेठ ७
लिंक्डइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशतभन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ । उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो देखिएको बताइएको छ । मंगलबार सो संस्थाले उक्त अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । भारतमा शिक्षालगायतका विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तिहरुमा गरेको उक्त सर्वेक्षणले यो अवस्था देखाएको उक्त संस्थाले जनाएको छ । यस सर्वेक्षणमा उक्त संस्थाले २ हजार ३ सय २३ जनालाई प्रश्न सोधेको थियो । तीमध्येका ६० प्रतिशतभन्दा बढीले आगामी दिनमा पनि आफूहरुले अनलाइनको माध्यमबाट अध्ययन गर्ने जनाएका हुन् । उक्त सर्वेक्षणले अध्ययन गर्ने प्रयोजनका साथै अन्य कामहरु पनि भारतीय नागरिकहरुले अनलाइनको प्रयोगलाई बढाएका पनि सो सर्वेक्षणले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया