चीनसँग व्यापार युद्ध गर्ने चाहना छैन : अस्ट्रेलिया
क्यानबेरा, जेठ ७
अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गरेका छन् । उनले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाए । विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग ठप्प भएको छ । चीनले अस्ट्रेलिया सरकारले जौको उत्पादनमा किसानलाई ठूलो मात्रामा अनुदान दिएको आरोप लगाएको छ । उत्पादन लागतभन्दा न्यून मूल्यमा अस्ट्रेलियाली जौ चिनियाँ बजारमा बिक्री हुने गरेको चीनले बताएको छ ।
चीनले गतसाता मात्र अस्ट्रेलियाका चार ठूला उद्योगबाट गाईको मासुको आयात रोकेको थियो । व्यापार मन्त्री बर्मिङघमले भने, ‘हामी चीनसँग व्यापार युद्ध गर्न चाहन्नौं । हामी प्रतिशोधको नीति अबलम्बन गर्ने पक्षमा छैनौं । हामी व्यापार नियमलाई अनुशरण गर्न प्रतिबद्ध छौं ।’ मन्त्री बर्मिङघमले चीनले विश्व व्यापार संगठनका नियमहरुको प्रयोग गर्दा तथ्य र कानुन दुबैमा गल्ती गरिरहेको बताए । उनले अस्ट्रेलियाले स्वीकृत नियम विपरीत सामान भण्डार नगरेको पनि स्पष्ट गरे ।
कोरोनाभाइरसको महामारीको उत्पत्तिका बारेमा अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने भनाइ सार्वजनिक गरेसँगै दुवै देशबीच व्यापार सम्बन्धमा तनावको स्थिति उत्पन्न भएको छ । चीनले भने दुवैबीच सम्बन्ध नरहेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ नियन्त्रणमा भइरहेको विश्वव्यापी पहलमाथि विस्तृत मूल्यांकन गर्न चीन तयार रहेको बताएका छन् । उनले यस्तो मूल्यांकनका लागि विश्व स्वास्थ्य संगठनको अग्रसरतामा वैज्ञानिक र व्यावसायिक दृष्टिकोण अपनाउन आह्वान गरेका छन् । अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी विश्व स्वास्थ्य संगठनको प्रस्तावमा अन्तर्राष्ट्रिय छानबिनको कुरा नआएको सन्दर्भमा अस्ट्रेलिया सरकारले माग गर्नुको कुनै अर्थ नरहने स्पष्ट गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया