तेल ट्यांकरमाथि इरानको ड्रोन आक्रमण
वासिङ्टन डीसी । इरानले हिन्दमहासागरमा एक तेल ट्यांकरमाथि ड्रोन हमला गरेको अमेरिकाले दाबी गरेको छ । पेन्टागनका अनुसार केम प्लूटो पानीजहाज भारतीय तटभन्दा तीन सय ७० किलोमिटर पर रहेको अवस्थामा इरानले ड्रोन आक्रमण गरेको हो । उक्त आक्रमणमा मानवीय क्षति भने भएको छैन । पानीजहाजमा लागेको आगो निभाइएको बताइएको छ । यसबारे इरानले कुनै प्रतिक्रिया जनाएको छैन ।
इरानको समर्थनप्राप्त यमनका हुथी विद्रोहीहरुले बारम्बार ड्रोन आक्रमण गरिरहेको अमेरिकाले दाबी गरेको छ । सो क्षेत्रमा गस्ती गरिरहेको यूएसएस लबुन नामक युद्धपोतले चारवटा मानवरहित ड्रोन खसालिदिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । सोही दिन दक्षिणी लालसागरमा एउटा कच्चा तेल बोकेको ट्यांकरमाथि हुथी ड्रोनबाट आक्रमण भएको थियो । अमेरिकाले हुथी विद्रोही समूहले गाजामा युद्धले निरन्तरता पाइरहेककाले इजरायलसँग सम्बन्धित पानीजहाजलाई निसाना बनाइरहेको दाबी गरिएकोे छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया