Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानका आटेमेकर्सले थाइल्याण्डमा साढे चार अर्ब डलर लगानी गर्ने

जापानका आटेमेकर्सले थाइल्याण्डमा साढे चार अर्ब डलर लगानी गर्ने


बैंकक । जापानका अटोमेकरहरूले आगामी पाँच वर्षमा थाइल्याण्डमा चार अर्ब ३० करोड डलर लगानी गर्ने भएका छन् । प्रमुख जापानी अटो उत्पादकहरूले आगामी पाँच वर्षमा थाइल्याण्डमा एक सय ५० बिलियन भाट लगाानी गर्ने थाइ सरकारका प्रवक्ता चाइ वाचारोकेले बताएका छन् ।

दक्षिणपूर्वी एसियाली देशमा विद्युतीय सवारीसाधनको उत्पादन बढाउने उद्देश्यअनुरूप सो लगानी गर्न लागेको बताइएको छ । टोयोटा र होन्डा मोटरले करिब ५० अर्ब भाट लगानी गर्नेछन् भने इसुजु मोटर्सले ३० अर्ब भाट र मित्सुबिसी मोटर्सले २० अर्ब लगानी गर्ने वाचारोकेले बताए ।

थाइल्याण्की प्रधानमन्त्री श्रेथा थाभिसिनले गतहप्ता जापानको भ्रमण पूरा गरेकी थिइन् । सोही भ्रमणको अवसरमा यो सहमति भएको बताइएको छ ।

दक्षिणपूर्वी एसियाको दोस्रो ठूलो अर्थतन्त्र भएको थाइल्याण्ड यस क्षेत्रमा सबैभन्दा ठूलो कार उत्पादक र निर्यातकर्ता हो । जापानी निर्माताहरूले दशकौँदेखि थाई अटो क्षेत्रमा प्रभुत्व जमाउँदै आएका छन् । तर, चिनियाँ विद्युतीय कार निर्माताहरूले ठूलो लगानी गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया