Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंयुक्त राष्ट्र संघीय महासभाद्वारा सन् २०२४ को नियमित बजेट स्वीकृत

संयुक्त राष्ट्र संघीय महासभाद्वारा सन् २०२४ को नियमित बजेट स्वीकृत


न्युयोर्क । संयुक्त राष्ट्र संघीय महासभाले संयुक्त राष्ट्र संघका लागि सन् २०२४को बजेट स्वीकृत गरेको छ । महासभाले तीन अर्ब ५९ करोड अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको राष्ट्र संघले जनाएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा १९ करोड डलर बढी हो । सन् २०२३ मा संयुक्त राष्ट्र संघले तीन अर्ब ४० करोड डलर कार्यान्वयन गरेको थियो । नियमित बजेटबाट राजनीतिक मामिला अन्तर्राष्ट्रिय न्याय, क्षेत्रीय सहयोग तथा मानव अधिकार, सार्वजनिक सूचनालगायतका गतिविधिहरूमा खर्च हुनेछ । संयुक्त राष्ट्र संघमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेन्डर वर्षलाई समेट्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया