जापानको ‘चन्द्रमा ल्यान्डर’ चन्द्रमाको कक्षमा प्रवेश गर्यो
टोकियो । जापानको एसएलआइएम अन्तरिक्ष यान सोमबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो ।
चन्द्र सतहमा विशिष्ट लक्ष्यको एक सय मिटर (तीन सय २८ फिट) भित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम) लाई ‘मुन स्निपर’ नाम दिइएको छ । सफल भएको अवस्थामा यो टचडाउन अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा सफलतापूर्वक अवतरण गराउने पाँचौँ मुलुक बन्नेछ ।
‘सोमबार एसएलआईएम जापानी समयानुसार साँझ ४ः५१ (०७ः५१ जीएमटी)मा चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ’, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए)ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यसको प्रक्षेपपथमा परिवर्तन मूलरूपमा योजनाअनुसार हासिल गरिएको थियो र जाँचको अवस्थामा त्यस्तो कुनै समस्या छैन ।’
जेएएक्सएका अनुसार जापानी समयानुसार जनवरी २० मा चन्द्रमामा यानको अवतरण करिब १२ बजे सुरु हुने अपेक्षा गरिएको छ । त्यसको २० मिनेटपछि यान सतहमा अवतरण गर्ने कार्यक्रम छ ।
खराब मौसमका कारण तीन पटकको स्थगनपछि एच–आईआईए रकेटले सेप्टेम्बरमा दक्षिणी द्वीप तनेगासिमाबाट यानलाई लिएर उडान भरेको थियो । जेएएक्सएले यसै महिना यो मिसन चन्द्रमामा ‘अभूतपूर्व उच्च परिशुद्धता अवतरण’ हुने बताएको थियो । यान एउटा गोलाकार प्रोबले सुसज्जित छ । यसलाई एउटा खेलौना कम्पनीमार्फत विकसित गरिएको थियो । टेनिस बलभन्दा थोरै ठूलो यसले चन्द्रमाको सतहमा हिँड्नका लागि आफ्नो अकार परिवर्तन गर्न सक्छ ।
जेएएक्सएका अनुसार अनुसन्धानकर्ताहरूको २० वर्षको प्रयासको परिणामस्वरूप लक्ष्यबाट केही १० वा त्योभन्दा बढी किलोमिटरमा अवतरण गर्ने अघिल्लो जाँचहरूको तुलनामा एसएअआईएमको एक सय मिटरभन्दा कम त्रुटिको कथित मार्जिनले एक पटक असम्भव मानिएको सटिकतालाई बुझाउँछ ।
‘प्रविधिको विकाससँगै चन्द्रमाको सतहमा क्रेटर र चट्टानजस्ता लक्ष्यहरू पत्ता लगाउन माग बढ्दै गएको छ’, जेएएक्सएका एसएलआइएम परियोजना प्रबन्धक शिनिचिरो सकाइले यसै महिना पत्रकारहरूलाई भने, ‘चन्द्रमामा कतै खोज्ने मात्रै चाहना हुने दिनहरू गए ।’
सकाइका अनुसार एसएलआइएमको सटिकताले चन्द्र पर्माफ्रस्ट (माइनस ३२ डिग्री सेल्सियस तापक्रमले पूर्णरूपमा जमेको जमिन)को नमूना लिन सहज बनाउनेछ । यसले वैज्ञानिकहरूलाई चन्द्रमामा जलस्रोतको रहस्य पत्ता लगाउन एक कदम नजिक ल्याउनेछ ।
जापानी चन्द्रमा अभियान सार्वजनिक र निजी गरी दुई पटक असफल भइसकेको छ । गतवर्ष जापान अमेरिकाको आर्टेमिस १ अभियानको भागका रूपमा ओमोटेनासी नामक चन्द्रमा जाँच गर्न असफल भएको थियो । अप्रिलमा जापानी स्टार्टअप आइस्पेसले चन्द्रमामा अवतरण गर्ने पहिलो निजी कम्पनी बन्ने व्यर्थ प्रयास गरेको थियो । ‘कठोर अवतरण’का रूपमा वर्णन गरेपछि कम्पनीको यानसँग सम्पर्कविच्छेद भएको थियो । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया